नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीको राजीनामा माग गर्ने, तर, उनले राजीनामा दिन्नँ भन्दै दुःख प्रकट गरेपछि संसद् चल्न दिएको भन्दै आफ्नै पार्टीको आलोचना गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे प्रष्ट पारेका थिए । यद्यपि, उनले एमालेले भनेझैँ माफी नै भने मागेनन् ।
नेता रावलले भने प्रधानमन्त्री प्रचण्डले गलत भनाइ फिर्ता लिएर जनताससँग माफी माग्नुपर्ने बताउँदै आएक थिए । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै आएको एमालेले उनले माफीको साटो दुःख मात्रै व्यक्त गरेको भन्दै आलोचना गरेका हुन् ।
एमालेमा रहे पनि रावलको पार्टीमा कुनै निर्णयक भूमिका छैन । संसद सुचारु भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रम प्रचण्डले गलत भनाइ फिर्ता लिई जनतासँग माफी माग्नुपर्छ भन्दा ममाथि कटाक्ष गर्दै राजीनामा नदिई संसद् चल्न दिन्नौँ भन्नेहरु आज प्रमले प्रतिनिधिसभामा राजीनामा दिन्न भन्दै दुःख प्रकट गर्दा संसद् चल्न दिन किन तयार ? गलत भनाई फिर्ता लिई माफी मागेको भए देशको हितमा हुन्नथ्यो र ?’
प्रमं प्रचण्डले गलत भनाई फिर्ता लिई जनतासंग माफी माग्नु पर्छ भन्दा ममाथि कटाक्ष गर्दै 'राजीनामा' नदिई संसद चल्न दिन्नौं भन्नेहरू आज प्रमंले प्रतिनिधिसभामा 'राजीनामा दिन्न' भन्दै 'दुःख प्रकट' गर्दा संसद चल्न दिन किन तयार? गलत भनाई फिर्ता लिई माफी मागेको भए देशको हितमा हुन्नथ्यो र?
— Bhim Rawal, PhD (@BhimRawal179) July 10, 2023
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।