राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालयको खर्च शीर्षकमाथि छलफल भइरहेको हो ।
यस्तै, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रपतिको कार्यालयको खर्च शीर्षकमाथि पनि आजै छलफल हुनेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत विपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै पटकपटक संसद् अवरोध गरेपछि विनियोजन विधेयकमाथिको छलफल रोकिएको थियो ।
आज सबै मन्त्रालयगत छलफल सक्ने तयारी छ । भोलि सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएपछि राष्ट्रिय सभाबाट बजेट पारित हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।