१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

‘आरजु राणाको घर मर्मत गर्न १० लाख बजेट’ शीर्षकको समाचार भ्रामक : भौतिक मन्त्रालय

सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले धनगढीमा नेपाली कांग्रेसकी नेत्री आरजु राणाको घर मर्मत गर्न प्रदेश सरकारको रु १० लाख बजेट शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


मन्त्रालयले आज प्रकाशित गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवाको नाम जोडेर केही सञ्चारमाध्यममा प्रकाशित उक्त समाचार कपोलकल्पित, भ्रामक र तथ्यहीन भएको जनाएको छ ।



आव २०८०/८१ को बजेटमा भौतिक पूर्वाधार विकासमन्त्रीको आवास भवन मर्मत तथा रङरोगन गर्ने कार्यमा विनियोजन गरिएको बजेट मन्त्रालय परिसरभित्रै रहेको सरकारी निवासको नियमित मर्मतका लागि छुट्याइएको स्पष्ट पार्दै विज्ञप्तिमा मन्त्री प्रकाशबहादुर देउवाले निवासका लागि कुनै किसिमका सेवासुविधा मन्त्रालयबाट नलिई आफ्नै निजी निवासमा बस्नुभएको उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : २७ असार, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया