देउवाको पश्चिम नेपाल भ्रमणमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन ६ दिने जिल्ला भ्रमण जाने भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयले पार्टी सभापति देउवा प्रदेश नं १ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि जाने भ्रमण तालिका सार्वजनिक गरेको छ । 

भ्रमण तालिकाअनुसार देउवा बिहीबार बिहान विराटनगर प्रस्थान गर्नुहुनेछ । उनी मोरङबाट कांग्रेसका तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच छलफल कार्यक्रममा सहभागी हुनेछन् । सोही दिन मोरङबाट निर्वाचित सांसदसँग छलफल कार्यक्रममा सहभागी भई उनी काठमाडौं फर्किनेछन् । 

सभापति देउवा कार्यकर्ता भेटघाट र पार्टीका कार्यक्रममा सहभागी हुन फागुन २४ गते पोखरा प्रस्थान गर्ने पार्टी कार्यालयले जनाएको छ । उनी फागुन २५ गते बिहान पोखराबाट हेलिकोप्टरद्वारा म्याग्दीको सिंहा तातोपानी प्रस्थान गरी त्यहाँबाट सडक मार्ग हुँदै बेनीबजार जाने र त्यहाँ कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवन उद्घाटनसभालाई सम्बोधन गर्नेछन् । 

सभापति देउवा फागुन २६ गते बिहान बेनीबाट सडक मार्ग हुँदै पर्वतको जलजला गाउँपालिकाको मिलनचोक जाने र त्यहाँ कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास गर्नेछन् । सोही दिन उनी बाग्लुङबजार प्रस्थान गरी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ । 

फागुन २७ गते उनी बिहान बाग्लुङ सदरमुकामबाट पर्वतको कुश्मा जाने र कांग्रस पर्वत जिल्ला सम्मेलनलाई सम्बोधन गरी पोखरा प्रस्थान गर्नेछन् । त्यसदिन पोखरामै बस्ने र फागुन २८ गते बिहान काठमाडौँ फर्किने भ्रमण तालिका पार्टीले सार्वजनिक गरेको छ । 
 





  • प्रकाशित मिति : फागुन २२, २०७५ बुधबार १८:२९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया