ट्रम्प परे समस्यामा, उनको स्कुलको सर्टिफिकेट बाहिरिन सक्ने !

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बारम्बार होनाहार विद्यार्थीका रुपमा देखाउँदै आएका छन् । उनले आफूले स्कुलमा राम्रो पढेको पनि तर्क गर्दै आएका थिए । तर, अब उनी समस्यामा पर्ने निश्चित जस्तै भएको छ । उनले पढेको स्कुलले उनका साथीहरुको दबाबका कारण अहिलेसम्म उनको नतिजा सार्वजनिक नगरेको बताएको छ । अमेरिकामा एउटा सैनिक विद्यालयले ट्रम्पले स्कुलमा पढ्दा ल्याएको अंकहरु सन् २०११ मा लुकाएको जनाएको हो ।

अमेरिकी पत्रिका वासिङ्टन पोस्टको एउटा रिपोर्टका अनुसार स्कुलले उनका साथीहरुले निकै धेरै तनाब दिएपछि ट्रम्पको एकेडेमिक सर्टिफिकेट लुकाएको जनाएको हो । ट्रम्पले आफूलाई राम्रो विद्यार्थी भएको दाबी गर्दै आउनु, पूर्वराष्ट्रपति बाराक ओबामाको शैक्षिक स्तरबारे प्रश्न उठाउनुलगायतका विषयले गर्दा यो कुराले ट्रम्पलाई समस्यामा पार्न सक्छ । 

ट्रम्पको स्कुलका हेडमास्टर रहेका इवान जोन्सले पत्रिकालाई ट्रम्पको दाबी गलत भएको पनि बताएका छन् । ट्रम्पले त्यो स्कुलमा पाँच वर्ष पढेका थिए ।





  • प्रकाशित मिति : फागुन २२, २०७५ बुधबार २२:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया