राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस भएका ‘विनियोजन विधेयक, २०८०’ सहित तीन विधेयक राष्ट्रपति पौडेलले आइतबार धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका उनको सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।