२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

टिभी रियालिटी साे ‘दोहोरी आइकन’को निर्णायकमा कोमल, पशुपति र कुलेन्द्र

टेलिभिजन रियालिटी साे ‘दोहोरी आइकन’को आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केही सातापछि डिजिटल र अनलाइन अडिसन सुरु हुन लागेको जानकारी दिइयो । मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले साे गर्न लागिएको जनाइएको छ ।

आयोजक एजे इन्टरटेनमेन्टले केही महिनापछि साेको प्रसारण सुरु हुने जानकारी दियो । यो साेमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको भूमिकामा हुनेछन् । होस्टको रुपमा पिएन सापकोटा र शोभा त्रिपाठी रहनेछन् ।



प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । 

अजय पोखरेलको अध्यक्षता भएको पत्रकार सम्मेलनमा लोकगायिका कोमल वली, गायक पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, दीपक खड्कालगायतको उपस्थिति थियो । ‘दोहोरी आइकन’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायकले बताएका थिए ।





  • प्रकाशित मिति : ३१ असार, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया