२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

विमान अपहरणको कथामा ‘नाइन एनएबिबी’ चलचित्र बन्ने

विसं २०३० मा नेपालमा भएको विमान अपहरणका विषयमा आधारित रहेर चलचित्र ‘नाइन एनएबिबी’ निर्माण हुने भएको छ ।  चलचित्र निर्देशक विजय कार्कीले घोषणासँगै विषय मिल्दो पोस्टर सार्वजनिक गरेका छन् । 

‘लुकेका कथालाई बाहिर ल्याउनेछौँ । त्यो समयलाई पर्दामार्फत पूर्ण ताजा बनाउने छौँ,’ निर्देशक कार्कीले भने, ‘यो घटनासँग जोडिएका र सरोकारवाला व्यक्तिहरूसँग सम्पर्कमा रहेर कथा तयार पारिरहेको छु । 



यसमा विमान अपहरणको योजना कसरी बन्यो र त्यसपछि के भयो भन्ने कुरा देखाइनेछ ।’ उनले यसको कथा लेखनमै रहे तापनि निर्माण घोषणा गरिएको बताए । 





  • प्रकाशित मिति : ३१ असार, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया