७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

इमर्जिङ टिम्स एसिया कप
भारतविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल, प्लेइङ-११ मा दुई परिवर्तनको सम्भावना

श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ‘ए’ को सामना गर्दैछ । नेपाल र भारतबीचको खेल दिउँसो २ः१५ देखि सुरु हुनेछ । सेमिफाइनल सम्भावना जीवितै राख्न नेपालले भारतलाई हराउनुको विकल्प छैन ।  

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । भारतले भने पहिलो खेलमा यूएईलाई ८ विकेटले हरायो । नेपालविरुद्ध पनि ऊ जितको खोजीमा हुनेछ । भारतविरुद्ध मैदान उत्रँदा नेपालले पाकिस्तानसँगको गल्ती सुधार गर्ने प्रयास गर्नेछ ।



पहिलो खेलमा नेपालले निकै खराब ब्याटिङ गर्‍यो । पाकिस्तानविरुद्ध नेपालका प्रमुख ब्याटर चलेका थिएनन् । सो खेलमा अलराउन्डर सोमपाल कामीले मात्र अर्धशतकीय पारी खेल्न सके । उनकै ७५ रनको इनिङमा नेपालले पाकिस्तानलाई १८० रनको लक्ष्य दिएको थियो । भारतविरुद्धको महत्वपूर्ण खेलमा नेपाली ब्याटरले शर्ट छनोटमा ध्यान दिन आवश्यक छ ।  

पाकिस्तानविरुद्ध खराब शर्ट छनोटका कारण नेपाली ब्याटर सस्तैमा आउट भएका थिए । साथै, नेपालको फिल्डिङ पनि साधारण रह्यो । भारतविरुद्ध नेपाल चुस्त फिल्डिङका साथै ब्याटिङ र बलिङबाट पनि सम्झनयोग्य प्रदर्शन गर्न चाहन्छ । 



भारतीय टोलीमा अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव प्राप्त खेलाडी छैनन् । त्यसको फाइदा नेपालले लिन सक्छ । यद्यपि भारतले आइपिएलमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई भने टोलीमा समावेश गरेको छ ।  

भारतविरुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । दोस्रो खेलमा नेपालले भीम सार्की र प्रतिश जिसीलाई विश्राम दिएर देव खनाल वा सन्दीप जोरामध्ये एक र किशोर महतोलाई मौका दिने सम्भावना रहेको हो । 

समूह ‘बी’ मा रहेको नेपालले तेस्रो खेलमा बुधबार यूएईको सामना गर्नेछ । समूहको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । 



  • प्रकाशित मिति : १ साउन, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया