२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

चलचित्र ‘जय हो’ को गीत ‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने की’ सार्वजनिक

नेपाली चलचित्र जय हो को गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै जोमसोमको डाँडैमा हिउँ खेल्न जाने की बोलेको फिल्मको गीत सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत रहेको छ भने सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी छ भने भिडियोमा कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । 



टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । कार्यक्रममा बोल्दै संगीतकार गायक शम्भुजित बास्कोटाले नेपाली दर्शकहरुलाई राम्रो चलचित्रको खोजि रहेकाले दर्शकलाई राम्रो चलचित्र दिनुपर्ने बताए । उनले भने नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नलगेसम्म र सरकारले चलचित्र क्षेत्रलाई उद्योगको रूपमा स्थापित गर्न नसकेसम्म चलचित्र क्षेत्रको विकास गर्न नसकिने बताए ।

मुस्ताङ र कास्कीका विभिन्न स्थानमा खिचिएको चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायाङ्कन, शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत छ । चलचित्र आगामी भाद्र ८ बाट प्रदर्शन हुँदैछ । 





  • प्रकाशित मिति : २ साउन, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया