१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

कमैया मुक्तिको २३ वर्ष पूरा, पुर्नस्थापना अझै बाँकी

दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ । यद्यपि अझै पनि पुर्नस्थापना भने हुन नसकेको मुक्त कमैया गुनासो गर्दै आएका छन् । 


जमिन्दारहरूको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २ साउन २०५७ मा मुक्त भएको घोषण गरेको थियो । तत्कालीन समयमा सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो ।



यद्यपि पुर्नस्थापना अझै पूरा नभएको मुक्त कमैया महिला विकास मञ्च कैलालीको भनाइ छ । मुक्ति दिवस खुसी, उत्साह र उल्लासका साथ मनाउनु पर्नेमा अझैसम्म धेरै कमैयाको पुर्नस्थापना हुन नसक्दा पीडा थपिएको र दुःखले मनाउनु परेको मञ्चका अध्यक्ष सीमा चौधरीले गुनासो गरिन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी,  दिगो जीविकोपार्जन, सामाजिक  सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दामा प्राथमिकता नदिँदा मुक्त कमैयाहरू आर्थिक, समाजिक र राजनीतिकरुपमा पछि पर्दै आएको उनको भनाइ छ । अध्यक्ष चौधरीले मुक्त कमैयाको पुर्नस्थापनामा सहयोग गर्न सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासमक्ष अनुरोध गर्नुभएको छ । 



कैलालीमा ९ हजार ७ सय ६२ मुक्त कमैया परिवार रहेकोमा ९ सय ५३ जनाको उचित पुर्नस्थापना हुन बाँकी रहेको उनको भनाइ छ । मुक्तकमैयाको परिचयपत्र सहित पुर्नस्थापना, जनता आवास कार्यक्रम लागू गर्न, अति आधारभूत आवश्यकता पूरा गर्नुपर्ने, मुक्त कमैयाका बालबालिका, कमलहरि तथा युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्न मञ्चले माग गरेको छ ।

अध्यक्ष चौधरीले मुक्त कमैया, कमलहरि, हलिया र हरुवाचरुवाको वस्तुस्थिति अध्ययन प्रतिवेदनको सिफारिस कार्यान्वयन गरिनुपर्ने, मुक्त कमैयाहरूलाई व्यवसाय सञ्चालनका लागि बिना धितो पाँच वर्षका लागि ५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनुपर्ने र राज्यका हरेक तहमा मुक्त कमैयाको सहभागिताको सुनिश्चितता गरिनुपर्ने माग गरिन् ।  



  • प्रकाशित मिति : २ साउन, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया