काठमाडौं महानगरपालिकाले चलचित्रको पोस्टर टाँसी दृश्य प्रदूषण गरेको भन्दै ‘बगान’ फिल्मलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले मंगलबार सरोज खनाल निर्देशित फिल्म बगानलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
महानगरले जरिवाना तिराएपछि फिल्मका निर्माता सुरेश वाग्लेले फेसबुकमा स्टाटस लेख्दै गुनासो समेत पोखेका छन् ।
‘बालेनजी आदिपुरुष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग गरिदिनु होला,’ उनले पैसा तिरेको रसिद राख्दै लेखेका छन्, ‘हाम्रो जानकारीबिना हाम्रा वितरकले भित्तामा टाँसेको पोस्टरलाई महानगरले ५० हजार जरिवाना तिराएछ ।’
गत ३० चैतमा प्रकाशन भएको ‘काठमाडौं महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका २०७९’ ले महानगरभित्र सार्वजनिक स्थानमा विज्ञापन गर्दा कुनै पनि पर्चा, पम्पलेट टाँस्न बन्देज गरेको थियो । सर्वसाधारणको सुरक्षा, शहरी सुन्दरता, सडकपेटी, सार्वजनिक संरचना, विद्युत र टेलिफोनका खम्बालगायत कुनै पनि ठाउँमा विज्ञापन गर्न निषेध गरिएको उक्त निर्देशिकामा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।