२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

‘हेमबहादुर मल्ल सम्मान’ प्रधान र आचार्यलाई प्रदान

हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ । 

मंगलबार काठमाडौंमा नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत उक्त सम्मान घोषणा गरेका हुन् ।



संघले ख्याति प्राप्त प्रशासक र व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनको नेतृत्व तहमा रही उत्कृष्ट योगदान पुर्‍याएबापत उनको सम्झनामा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले बताए । 

उनले हेमबहादुर मल्ल सम्मान बर्सेनि सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनेलाई नगद २ लाखसहित सम्मानपत्र प्रदान गर्ने गरेको बताए ।



उनले हेमबहादुर मल्ल सम्मान २०७७ गोरक्षबहादुर न्हुच्छे प्रधानलाई दिइने र हेमबहादुर मल्ल सम्मान २०७८ भानुप्रसाद आचार्यलाई प्रदान गरिने जानकारी दिए ।

हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा.भगवान कोइराला, डा.विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा.देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकरलाल दास र सूर्यनाथ उपाध्याय सम्मानित भइसकेका छन् । 



  • प्रकाशित मिति : २ साउन, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया