उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्नु दुःखद– राष्ट्रपति ट्रम्प

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको प्रतिक्रिया दिएका छन् । 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने चेतावनी दिएको भोलिपल्ट राष्ट्रपति ट्रम्पको यो धारणा आएको छ । 

राष्ट्रपति ट्रम्पले केही समाचारहरुमा उत्तर कोरियाले रकेट प्रक्षेपणका लागि रकेट परीक्षण ‘साइट’ निर्माण गर्न लागेको भनी आएको स्मरण गराउँदै यदि यो समाचार अनुरुप नै काम भएको हो भने त्यो निराशाजनक छ उनले भने । 

उत्तर कोरियाले तोङचाङ्री लाउन्ज फेसिलिटी क्षेत्रमा रकेट प्रक्षेपणका लागि भन्दै काम गरिरहेको समाचार अमेरिकी सञ्चारमाध्यमहरुले दिएका थिए । 

वासिङ्टनको एक संस्थाले आफ्नो अनुसन्धानबाट उक्त कुरा पत्ता लगाएको भन्दै समाचार सार्वजनिक गरेको थियो । 

राष्ट्रपति ट्रम्पले भने– ‘यस्तो घटना त्यहाँ (उत्तर कोरियामा) भइरहेको हो भने यसले मलाई निकै नै निराश बनाउने छ, तर पनि यो समाचार तत्कालै आएकोले अपरिपक्व पनि हुन सक्छ, मैले अध्ययन गर्नेछु ।’ 

तर पनि उत्तर कोरियामा अहिले नै आणविक हतियार तथा आणविक शक्ति केन्द्रहरु निर्माण हुने गरी नै क्रियाकलापहरु भने नभएको समाचार हालैमात्र सम्पे्रषण भएकाे थियाे । 

समाचारमा उल्लेख गरिएको छ– ‘सन् २०१७ देखि नै स्थगित भएको आणविक कार्यक्रमलाई पुनस्र्थापना गर्नेगरी उत्तर कोरियामा काम भने भएका छैनन्, त्यति धेरै कामहरु भएको जस्तो लाग्दैन ।’ 





  • प्रकाशित मिति : फागुन २३, २०७५ बिहीबार १३:३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया