पहिलो ६ महिनामा सरकारलाई सवा १ खर्बकाे वैदेशिक सहायता प्रतिबद्धता

काठमाडौं– चालू आर्थिक वर्ष ०७५–७६को पहिलो ६ महिनामा वर्तमान सरकारले १ खर्ब ११ अर्ब ६३ करोड रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त गरेको छ । यसमध्ये ३०.३ प्रतिशत वैदेशिक अनुदान छ । अर्थात्, ३३ अर्ब ८५ करोड वैदेशिक अनुदान  प्रतिबद्धता पाएको छ । 

साउनदेखि पुसम्म सरकारलाई कुल प्रतिबद्धताको ६९.७ प्रतिशत, अर्थात् ७७ अर्ब ७८ करोड वैदेशिक ऋणको प्रतिबद्धता प्राप्त भएको छ, । सरकारले यो वर्ष ३ खर्ब ११ अर्ब ८४ करोड वैदेशिक सहायता प्राप्त गर्ने अनुमान गरेको थियो, जसमा ५८ अर्ब ८१ करोड अनुदान र २ खर्ब ५३ अर्ब वैदेशिक ऋणको प्रक्षेपण थियो ।

गत वर्ष यस अवधिमा (पहिलो ६ महिनामा) सरकारले ९४ अर्ब १८ करोड वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । यो गत वर्षको यही अवधिको भन्दा बढी हो । 

आवको सुरुआतसम्ममा सरकारले आफैँले ४८ अर्ब ५९ करोड रकम आफ्नै स्रोतबाट खर्च गरी विकास आयोजनामा उपयोग गरेको थियो । खर्च भएको रकममध्ये विदेशी दाताबाट ३६ अर्ब १४ करोड शोधभर्ना प्राप्त भएसकेको छ । शोधभर्नाबाट वैदेशिक मुद्रा पनि प्राप्त हुने भएकाले शोधभर्नामा ध्यान दिइएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाइ छ ।

गत वर्ष प्राप्त वैदेशिक सहायतामध्ये करिब ८४ अर्ब मात्र राष्ट्रिय बजेट प्रणालीबाट खर्च भएको थियो । जुन वैदेशिक सहायताको ६६ प्रतिशत हुन आउँछ । सो रकम वैदेशिक सहायताको कार्यक्रम सञ्चालन गरेबापत सरकारले राष्ट्रिय ढुकुटीबाटै भुक्तानी दिएको छ ।

तर, ४२ अर्बं खर्च भने सरकारको केन्द्रीय भुक्तानी प्रणालीभन्दा बाहिरबाट भुक्तानी भएको छ । अघिल्लो वर्ष राष्ट्रिय ढुकुटीमा नै नआई ३५ अर्बबराबर रकम खर्च भएको थियो । यो वर्ष वैदेशिक सहायता राष्ट्रिय प्रणालीभन्दा बाहिर जान रोक्न अर्थमन्त्री खतिवडालाई ठूलो चुनौती हुने आकलन गरिएको छ ।





  • प्रकाशित मिति : फागुन २३, २०७५ बिहीबार १४:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया