logo-img

पाइलट समर्पण कार्की बने नयाँ ‘मिस्टर नेपाल’

न्युलुक ‘मिस्टर नेपाल २०२३’ को उपाधि विराटनगरका ३२ वर्षीय समर्पण कार्कीले जितेका छन् । पेसाले पाइलट कार्की १८ प्रतियोगीलाई पछि पार्दै विजेता बनेका हुन् । 

कार्कीले ‘मिस्टर इन्टल्लेक्चुअल’ को उपाधिसमेत हात पारे । प्रतियोगितामा शीर्ष विजेता कार्कीले नगद ५ लाख रुपैयाँ बराबरको उपहारको अलवा ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरे ।

दरबारमार्ग स्थित होटल याक एन्ड यतिमा शनिबार अबेर साँझ एक समारोहकाबीच आयोजना भएको प्रतियोगितामा काठमाडौंका निमेश कपाली फर्स्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा. विजय दुवाडी थर्ड रहनरअफ र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए । 



रनरअप विजेता कपालीले बेस्ट पर्सनालिटी, श्रेष्ठले मोस्ट ट्यालेन्ट र जिन्सपार्क स्टाइल आइकन, दुवाडीले पब्लिक च्वाइस, लामिछानेले मोस्ट फोटोजेनिक उपाधिसमेत हात परे ।

अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाइ सुवाल, शैलजा अधिकारीलगायत निर्णायक रहेको प्रतियोगितामा मोस्ट पपुलर रमननाथ गिरी, मिस्टर एक्टिभ र बेस्ट फिजिक प्रेमकुमार यादव, बेस्ट स्किन मिकाज कार्की, बेस्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात परे ।



एक्सपोज नेपालले आयोजना गर्दै आएको ‘मिस्टर नेपाल’   प्रतियोगिता गत वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गर्दै आएको छ । युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्टलगायत प्रतियोगीका रूपमा रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।



स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी प्रशिक्षणसहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । यो पटक मिस्टर नेपाल ‘न्युलुक मिस्टर नेपाल’को नामबाट आयोजना भएको थियो । प्रतियोगीले इन्ट्रोडक्सन राउण्डमा मौलिक संस्कृति झल्किने बिभिन्न पोसाक लगाएका थिए । 

कार्यक्रममा आइसिसी कलेज अफ फेशनका २१ र २२ ब्याचका विद्यार्थीले पनि फेसन तयार पारेका थिए । जसको डिजाइनले पनि उत्तिकै प्रशंसा पाएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । 

१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहने प्रतियोगितामा ५ फिट ८ इन्चमाथि उचाइ भएका नेपाली नागरिक प्रतियोगीको रूपमा थिए । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको प्रतियोगितामा विभिन्न साङ्गीतिक प्रस्तुतिले रौनक थपेको थियो ।  

  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया