logo-img

‘कार्साङ’ मार्फत फिल्ममा डेब्यू गर्दे छिरिङ शेर्पा

यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन् । उनले यही चलचित्रमार्फत फिल्ममा डेब्यू गर्न लागेकी हुन् ।

छिरिङले यसअघि शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा भने अभिनय गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन–२’को विजेतासमेत हुन् । 

छिरिङले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नामसमेत राखेकी छन् । उनले ५६ सय मिटरको उचाइमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी छन् ।



यो फिल्म यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रूपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ । 



  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया