नारी दिवसमा देउवाको शुभकामना सन्देश– हिंसा प्रगतिको बाधक हो, सबैखाले हिंसा अन्त्य होस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरुलाई शुभकामना दिएका छन् । शुभकामना वक्तव्य जारी गर्दै सभापति देउवाले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन् । 

‘सहरदेखि दूरदराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्,’ वक्तव्यमा उल्लेख छ । 

‘हिंसा— लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो । हिंसा— मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो । हिंसा— सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो,’ महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरणको आवश्यकता औँल्याउँदै वक्तव्यमा लेखिएको छ, ‘नेपाली कांग्रेस सबैखाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’ 

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदी–बहिनीले आफ्नो प्राणको आहुती गरेका भन्दै देउवाले उनीहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् । 





  • प्रकाशित मिति : फागुन २३, २०७५ बिहीबार २२:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया