logo-img

चार्ली च्याप्लिनकी छोरी अभिनेत्री जोसेफिनको निधन

चर्चित हास्यकलाकार चार्ली च्याप्लिनकी छोरी एवं अभिनेत्री जोसेफिन च्याप्लिनको निधन भएको छ । उनको ७४ वर्षकाे उमेरमा निधन भएकाे हाे । जोसेफिनको परिवारले उनको निधनको पुष्टि गरेको हो ।

परिवारले जारी गरेको बयानमा उनको १३ जुलाईमा पेरिसमा निधन भएको बताइएको छ । जोसेफिन च्याप्लिनको जन्म २८ मार्च सन् १९४९ मा क्यालिफोर्नियाको सेन्ट मोनिकामा भएको थियो । 

जोसेफिनले सन् १९७२ मा रिलिज भएको फिल्म ‘द क्यान्टबरी टेल्स’बाट 
चर्चा पाएकी थिइन् । अभिनेत्री जोसेफिनका तीन छोरा छन् ।







  • प्रकाशित मिति : साउन ८, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया