आज अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं– आज मार्च ८ । अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । यसलाई अन्तर्राष्ट्रिय महिला दिवस पनि भन्ने गरिन्छ । विश्वभर आजको दिन विभिन्न कार्यक्रम गरेर मनाइन्छ । 

सन् १९०९ फ्रेबुअरी २८ बाट मनाउन सुरु गरिएको यो दिवस सबैभन्दा पहिले राजनीतिक हिसाबमा सुरु भएको थियो । अब चाहिँ महिला हक अधिकार, महिला सशक्तिकरण, समानतालगायतका विषयमा केन्द्रित भएर विश्वभर महिला दिवस मनाइन्छ । सन् १९१० मा मात्र यो दिवसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । अहिले यो दिवस मार्च महिनाभर विभिन्न कार्यक्रम गरेर मनाइन्छ । विश्वका १०३ भन्दा धेरै देशमा अहिले यो दिवस मनाइन्छ ।

यो वर्ष महिला दिवसको स्लोगन ‘ब्यालेन्स फर बेटर’ (राम्रोका लागि समानता) हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । फरक धारले महिला दिवसको सन्दर्भ पारेर आज दिनभर नेपालमा महिलाको अवस्था झल्काउने विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुबारे फिचर छाप्नेछ ।

www.farakdhar.com हेर्दै गर्नुहोला ।






  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार ०:१६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया