डा. रामदयाल राकेशको नयाँ पुस्तक ‘केही समीक्षा’ मंगलबार एक कार्यक्रमबीच सार्वजनिक भएको छ ।
सिमल बुक पब्लिकेसनले प्रकाशन गरेको समालोचक रामदयाल राकेशको यो पुस्तक उनको ८१औँ जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो । कार्यक्रममा उनकी श्रीमतीको पनि उपस्थिति थियो ।
पुस्तक पढ्नासाथ समीक्षा गरिहाल्ने स्वभावका रामदयालको यस नयाँ कृतिमा १२ वटा पुस्तकको समीक्षा गरिएको छ । यसमा नीलम कार्की निहारिकाद्घारा लिखित द्रौपदी अवशेष, सुविन भट्टराईको इजोरियालगायत पुस्तकहरूको समीक्षा गरिएको छ ।
लोकसंस्कृति त्यसमा पनि विशेषगरी मैथिल लोकसंस्कृतिको अध्ययन र अनुसन्धानमा सिद्घहस्त मानिएका रामलयाल राकेशले समीक्षा लेखनको प्रेरणा नेपाली साहित्यका सुप्रसिद्घ साहित्यकार भवानी भिक्षुबाट पाएको बताउँछन् ।
लेखनकुन्जका अध्यक्ष कमल ढकाल र लेखनकुन्ज परिवारको उपस्थितिमा थापागाउँस्थित लेखनकुन्जकै प्रांगणमा लोकार्पण कार्यक्रम आयोजना गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।