नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैरहाजिर रहने २२ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँचजना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।
सम्पर्कमा नरहेका प्रहरी हवलदारमा इलाका प्रहरी कार्यालय कार्त्तितकेदेउराली, काभ्रेपलाञ्चोकमा दरबन्दी भएका प्रेमराज दुरा छन् । त्यस्तै, प्रहरी वृत्त बालाजुमा दरबन्दी रहेका सुनिता महर्जन, नेपाल प्रहरी पहरा गण, गुल्म १ सामाखुसीमा दरबन्दी भएका सरू कार्की, कोशी प्रदेश प्रहरी गण, विराटनगरमा दरबन्दी भएका कृष्णदेव चौहान सम्पर्कविहीन छन् । उनीहरू सहायक हवलदार हुन् ।
यस्तै, चितवनमा दरबन्दी रहेका प्रहरी सहायक हवलदारद्वय धर्मेन्द्र सिंह र जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रणा तथा अनुसन्धान शाखामा दरबन्दी रहेका मेषबहादुर राना पनि सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ ।
विभिन्न जिल्लामा दरबन्दी रही सम्पर्कमा नरहेका प्रहरी जवानमा सन्जिव देवकोटा, अर्मिला डि.सी सोनाम लामा, कविता पौडेल, पूर्ण पौडेल, अनिल कार्की, नरेन्द्र कुमार साह, रामकुमार याक्सो, बसन्त कुमार यादव, अमरनाथ पासवान, सुनिल टोमाटा , महेन्द्र थापा, किरण कुँवर, सूर्य मगर, अमित कार्की र विपिन बिक्रम विष्ट रहेका छन् ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।
हेर्नुस् सम्पर्कविहीन प्रहरीको सूची :

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।