logo-img

चलचित्र ‘एैँचो पैँचो’को ‘काले केटाले’ बोलको गीत सार्वजनिक [भिडियाेसहित]

भदौ १४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेकाे चलचित्र ‘एैंचो पैंचो’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरिएको हो। 

गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत तथा आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको छ। केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको केही समय अघि टिजर सार्वजनिक गरिएको थियो । 

चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोसिस क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, रवीन्द्र झा, सुमन मोटेलगायत कलाकारको अभिनय छ ।

कृषा चौलागाइको निर्देशनमा तयार पारिएको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन्। चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछानेको लगानी रहेको छ भने विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन, अभिमन्यू निरवीको कथा र कविराज गहतराजको कोरियोग्राफी छ ।







  • प्रकाशित मिति : साउन ११, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया