३० पुस, २०८२ बुधबार
Jan. 14, 2026

निजी जग्गामा जबरजस्ती वृक्षारोपण नगर्न धरानका मेयरलाई उच्च अदालतको आदेश

उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई व्यक्तिको निजी जग्गामा जबरजस्ती वृक्षारोपण नगर्न अन्तरिम आदेश दिएको छ ।

धरान १ का पूर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमती रोजिना अधिकारीले आफ्नो निजी जग्गामा मेयर साम्पाङ नेतृत्वको टोलीले जबरजस्ती वृक्षारोपण गरेको भन्दै अदालतमा रिट हालेकी थिइन् । अधिकारीको जग्गामा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिका र मेयर साम्पाङलाई उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको हो ।



रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिएको हो ।



अदालतको आदेशमा भनिएको छ, ‘मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकको नाममा दर्ता भएको कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा अनधिकृत प्रवेश र वृक्षारोपण नगर्नू, नगराउनू ।’

अदालतले निवेदक अधिकारीको नाममा धरान बाँझगरा गाविस ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनीपुर्जा प्रतिलिपीबाट देखिएकोले कानुनबमोजिम अन्यथा नभएसम्म उनको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अहरणीय हक अधिकारका रूपमा रहने भनेको छ ।

यसैबीच मेयर साम्पाङले अदालतको सम्मान गर्ने बताएका छन् । बिहीबार बेलुकी साढे ९ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो प्रतिबद्धता जनाएका हुन् । 



  • प्रकाशित मिति : ११ साउन, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया