logo-img

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा थपिए तीन खेलाडी
फाइल तस्बिर

विश्वकप प्रारम्भिक छनोटका लागि राष्ट्रिय फुटबल टोलीमा तीन नयाँ खेलाडी समावेश भएका छन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाँल र जावलाखेल युथ क्लबका हिसुब थपलियालाई प्रशिक्षणमा समावेश गरेका हुन् । 

मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण प्रशिक्षक एनेसले उनीहरूलाई प्रशिक्षकमा सामेल गरेका बताइएको छ । उनीहरूसहित अब प्रारम्भिक टोलीमा ३३ जना खेलाडी भएका छन् ।   

एन्फाका अनुसार दुई क्लबका खेलाडी क्लबको प्रतियोगिता सकेर मछिन्द्र र आर्मी टिमका पुनः राष्ट्रिय टिममा सामेल हुनेछन् ।

फिफा विश्वकप छनोटको प्रारम्भिक छनोटमा नेपालले लाओससँग खेल्नेछ । होम एण्ड अवेको अवधारणा अनुसार छनोटको पहिलो लेग १२ अक्टोबरमा नेपालमा र १७ अक्टोबरमा लाओसमा खेलिनेछ । 

लाओससँगको खेल जितेमा नेपाल यूएई, बहराइन, यमन वा श्रीलंका सम्मिलित समूह ‘एच’ मा रहने छ ।  

नेपाली टिम



गोलकिपर : किरण कुमार लिम्बु, अनिस देउला, दीप कार्की, अभिषेक बराल

डिफेन्डर : विमल पाण्डे, अनन्त तामाङ, सनिस श्रेष्ठ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमन्त थापा, एन्जल महर्जन, छिरिङ लामा, अन्जन राई



मिडफिल्डर : एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल, कृतिस रत्न छुन्जु, कुशल फुयाँल, सन्तोष खत्री

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया ।

  • प्रकाशित मिति : साउन १२, २०८० शुक्रबार १६:१९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया