काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक रूपमा सचिवालय बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता र सिके राउतलाई पार्टीमा प्रवेश गराउने विषयमा छलफल गर्न सचिवालय बैठक बसेको स्रोतले बताएको छ ।
मधेसलाई अलग्गै राज्य बनाउने अभियानमा लागिरहेका राउतलाई सत्तारुढ दल नेकपामा प्रवेश गराउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित छललफल भइरहेको छ ।
तराईमा पृथकतावादी गतिविधिमा लागेका राउत समूहले ‘राजनीतिक मूलधारमा आउने सहमतिको घोषणा’ आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा गर्नेछन् ।
१ बजेबाट सुरु हुने भनिए पनि सचिवालय बैैठकका कारण कार्यक्रम सुरु हुन सकेको छैन ।
बालुवाटार सचिवालय बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड राष्ट्रिय सभागृह आउने भएका छन् । सभागृहमा राउतसहित प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राउत हिजैमात्र सर्वोच्च अदालतबाट रिहा भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।