काठमाडौं– आकस्मिक रूपमा बसेको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार ‘स्वतन्त्र मधेश गठवन्धन’का संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिलाई अनुमोदन गर्न बसेको सचिवालय बैठक सकिएको हो ।
सचिवालय सदस्यहरू वामदेव गौतम र प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले राउतसँग गरिएको सम्झौताको भाषामा आपत्ति जनाएको स्रोतले बताएको छ ।
बैठकमा गौतम र नेता श्रेष्ठले सरकारसँगको सम्झौता भएकाले यसलाई पार्टीले स्वीकार गर्न नसक्ने बताए ।
सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेको १० बुँदे सम्झौतालाई बैठकमा प्रस्तुत गरिएको स्रोतले बताएको छ ।
‘पृथकतावाद छोडेर राष्ट्रिय अखण्डता कायम गर्न हामी सम्झौता गर्छौं’ भन्ने भाषा प्रयोग गरि गरिएको सम्झौताप्रति नेकपा सचिवालय बैठकमा सहमति हुन नसकेको सचिवालय सदस्य झलनाथ खनालले फरकधारलाई जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।