खासी समुदाय, जहाँ महिलाकाे शासन चल्छ

एजेन्सी– भारतकाे मेघालयका खासी र जयन्तिया हिल्स क्षेत्रमा रहने खासी समुदायमा मातृसत्तात्मक व्यवस्था छ । महिलाकाे नीति नियमअनुसार यहाँकाे समुदाय चल्ने गर्छ । यो समुदायमा निर्णय गर्ने अधिकार महिलालाई हुन्छ । बच्चाको थरपनि महिलाको अनुसार रहन्छ । 

पैतृक सम्पत्तिमा विशेषगरी सबैभन्दा कान्छी छोरीको हक हुन्छ । 

खासी जनजातिका मानिसहरु भारतकाे असम, मणिपुर, पश्चिम बंगाल र बंगलादेशको केही क्षेत्रमा बसोबास गर्छन् । यिनीहरु म्यानमारका प्रवासी भएको बताइन्छ । शताब्दी अगाडिदेखि म्यान्मारबाट आएर मेघालय क्षेत्रमा बसेकाे बताइन्छ । मेघालयमा यिनीहरुको संख्या करिब १५ लाख छ । 

खासी समुदायमा घरपरिवार र समाज सम्हाल्ने जिम्मेवारी महिलालाई हुन्छ । यी समुदायका पुरुषहरु विवाहपछि महिलाको घरमा गएर बस्नुपर्छ । यहाँ दाइजो प्रथाको चलन छैन् । 

छोरी जन्मिदा यो समुदायमा उत्सव मनाइन्छ तर छोरा जन्मिदा त्यति खुशी हुँदैनन् । हरेक परिवार वंशावलीका लागि आफ्नो घरमा छोरी जन्मियोस् भन्ने चाहन्छन् । बच्चाको थर महिलाको अनुसार हुनेगर्छ । बच्चाप्रति पुरुषको त्यति हक हुँदैन् । 

तर खासी समुदायको परम्परागत बैठक, जुनलाई दरबार भनिन्छ, यसमा महिला सहभागी हुँदैनन् । समाजसँग जोडिएका मुद्दामा छलफल गर्न यसमा पुरुषहरुमात्र सदस्य हुन्छन् । 



खासी जनजातिका मानिस एनिमिस्टिक हुन्छन् । यिनीहरु सजिव–निर्जिव दुवै वस्तुमा आत्मा हुने विश्वास गर्छन् । आजभोली यो समुदायका केही मानिसले इसाई धर्म पनि अपनाएका छन् । यिनीहरुकाे मुख्य भाषा खासी हो, जुन एस्ट्रो–एसियाटिक परिवारको भाषा हो ।  

यो समुदायका सदस्यअनुसार प्राचीन समयमा पुरुष युद्धका लागि लामो समयसम्म घरभन्दा टाढा रहन्थे । यसकारण परिवार र समाजको रेखदेख महिलाको जिम्मामा हुन्थ्यो । केही मानिसहरु खासी महिलाले बहुविवाह पनि गर्ने गरेको बताउँछन् । यसका लागि बच्चाको सरनेम जन्म दिने आमाको नामबाट राखिन्थ्यो । 



यो समुदायको एक महत्वपूर्ण हिस्सा हो संगीत । ड्रम्स, रिगटार, बाँसुरी आदि बाद्ययन्त्र निकै शोखले बजाउने गर्छन् । नाचगानमा यो समुदायको विशेष रुची छ । यिनीहरु निकै नरम र असल स्वभावका हुन्छन् । 
 

  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार १४:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया