२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

१५ टोली टी-२० विश्वकपमा छनोट, नेपालको सम्भावना कति ?

आगामी टी–२० विश्वकप क्रिकेटमा पहिलोपटक २० टिमले प्रतिस्पर्धा गर्दैछन् । जसका लागि १५ टिमले स्थान पक्का गरिसकेका छन् । 

अहिलेसम्म अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्यान्ड्स र पपुवा न्यूगिनीले विश्वकपमा स्थान बनाएका हुन् ।  



पपुवा न्यूगिनी क्रिकेट टोली, तस्बिर : आइसिसी

अब विश्वकपमा छनोट हुने ५ टोलीको टुंगो लाग्न बाँकी छ । पाँच टोलीको टुंगो क्षेत्रीय छनोटबाट लाग्नेछ । एसिया र  अफ्रिकी छनोटबाट २/२ र अमेरिका छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।   



एसिया छनोट ३० अक्टोबरदेखि ९ नोभेम्बरसम्म काठमाडौंमा आयोजना हुँदैछ । जसमा आयोजक नेपाल, यूएई, ओमान, हङकङ, सिंगापुर, बहराइन र क्वालिफायर ‘ए’ र ‘बी’ बाट आउने दुई टोली हुनेछन् । ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । 

एसिया छनोट ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया तथा छनोट ‘बी’ मा भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्याण्ड छन् । दुवै समूहबाट एक/एक टिमले विश्वकप छनोटमा स्थान बनाउनेछन् । 

भुटान क्रिकेट टिम, तस्बिर : आइसिसी

यस्तै, एसिया छनोटको दुवै समूहको शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा स्थान बनाउने दुई टिमले अर्को वर्ष वेस्ट इण्डिज र अमेरिकामा आयोजना हुने विश्वकपमा भाग लिन पाउनेछन् । 



नेपालले सन् २०१४ यता विश्वकप खेल्न पाएको छैन । यसपटक भने नेपाल विश्वकप खेल्ने मौका गुमाउन चाहँदैन । घरेलु मैदानमा छनोट प्रतियोगिता हुन लागेकाले पनि नेपाललाई केही सहज देखिन्छ । विश्वकप छनोटको खेल कीर्तिपुरस्थित त्रिवि र मूलपानी मैदानमा हुनेछन् । 

नेपालले पहिलोपटक विश्वकप छनोट प्रतियोगिता आयोजना गर्ने मौका पाएको हो । 

तस्बिर : क्यान

यस्तै, अमेरिकी छनोट २८ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुँदैछ । अमेरिका छनोटमा आयोजक बर्मुडा, क्यानडा, पानमा र केम्यान आइसल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, अफ्रिका छनोट नामिबियामा हुँदैछ । २० नोभेम्बरदेखि १ डिसेम्बरसम्म हुने अफ्रिका छनोटमा नामिबिया, जिम्बाब्वे, युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा, तान्जेनिया रहेका छन् ।  

  • प्रकाशित मिति : १५ साउन, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया