फेरि पाकिस्तानविरुद्ध खनिए मोदी

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एकपटक पाकिस्तानविरुद्ध कडा अभिव्यक्ति दिएर भारतीय मिडियामा छाएका छन् । उत्तर प्रदेशमा शुक्रबार चुनावी र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पुलवामामा भएको आक्रमणबारे घटनाबारे पाकिस्तानमात्र नभएर भारतीय केही व्यक्तिको पनि भूमिका रहेको बताएका छन् । 

‘यसपटक पाकिस्तान रंगेहात पक्राउ परेको छ,’ मोदीले भने, ‘आज ऊ दबाबमा छ । हामी यही रफ्तारमा आतंकवादविरुद्ध लड्छौँ ।’ यसपटक पछिल्ला दिन कश्मिरमा भएका घटनाबारे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले मुख खोलेका छन् । ‘तर, हाम्रै देशमा हाम्रा सैनिकको पराक्रम कमजोर देखाउन षडयन्त्रसमेत गरिएको छ,’ मोदीले भनेका छन्, ‘मेरो विरोध गर्दा पनि उनीहरु आतंकवादाई समर्थन गरिरहेका छन् ।’

मोदीले आफ्नो सरकारले आतंकवाद अन्त्य गरेर छाड्ने पनि बताएका छन् । ‘हामी सबै आतंकवादविरुद्ध काम गरिरहेका छौँ, तपाईंहरुको सहयोगले त्यो पनि सम्भव छ,’ उनले भने ।





  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार १८:७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया