logo-img

एक हजार २४ जना डेंगु संक्रमित थपिए

पछिल्लो चार दिनमा ६६ जिल्लाबाट एक हजार २४ जना डेंगु संक्रमित थपिएका छन् । 

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार पछिल्लो समय देशभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । 

सबैभन्दा बढी बागमती प्रदेशमा २९१, सुदूरपश्चिम प्रदेश १७३, गण्डकी प्रदेशमा १७१, कोही प्रदेशमा १५४, लुम्बिनी प्रदेशमा ११३, कर्णाली १६ र मधेश प्रदेशमा १४ रहेका छन् । ​

यसैगरी, बागमती प्रदेशमा ९६२, गण्डकी प्रदेशमा ३५७, सुदूरपश्चिम प्रदेशमा ३२५ लुम्बिनी प्रदेशमा १७०, कर्णाली प्रदेशमा २६ र मधेश प्रदेशमा २७ जनामा डेंगु पुष्टि भएको छ । संक्रमितमध्ये ८७ प्रतिशत डेंगु संक्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै चार हजार ९३९ जनामा डेंगु पुष्टि भएको छ ।

हालसम्म सुनसरी जिल्लाबाट तीनजना डेंगु संक्रमितको मृत्यु भएको मरासिनीले जानकारी दिए । योसँगै ७० जिल्लामा पाँच  हजार ६८८ जनामा डेंगु पुष्टि भएको छ । 

डा.मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु संक्रमित पुष्टि भएका छन् । सुनसरीमा तीन हजार ४४८, धादिङमा ६५५, कास्कीमा २०८, दार्चुला १९१, काठमाडौंमा ९६, म्याग्दीमा ५८, मोरङमा ५७, कञ्चनपुरमा ५७, झापामा ५६ जनामा डेंगु पुष्टि भएको छ ।



चिकित्सकका अनुसार डेंगुको ज्वरो डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डा. मरासिनीका अनुसार ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् । डेंगुको लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह गरी उपचार गराउन उनको सुझाब छ । 



  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार १८:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया