सत्याग्रहमा अक्षयसँग किस गर्न किन मानिन् करिना ?

एजेन्सी– भारतीय चलचित्रको एउटा रमाइलो के भने फिल्म रिलिज भएको केही वर्षसम्म पनि ती फिल्मबारे चर्चा चलिरहन्छ । अहिले त्यस्तै पुरानो फिल्म सत्याग्रहबारे चर्चा सुरु भएको छ । अजय देवगन र करिना कपुर खेलेको यो चलचित्र रिलिज भएको छ वर्ष भइसक्यो । 

तर, यो फिल्म सुटिङको समयको एउटा रिपोर्ट बल्ल अहिले बाहिर आएको छ । त्यो हो– अजयसँग इन्टिमेट सिन दिन करिनाले मानेकी थिइनन् । आखिर किन ? 

यसअघि करिनाले फिल्म जब वी मेट, कंबख्त इश्कमा त्यस्ता दृश्य दिएकाले फिल्म निर्देशकले यसमा उनले आपत्ति जनाउँदिन् भन्ने सोचेका थिए । तर, करिनाले निर्देशकको चाहना पूरा गर्न अस्वीकार गरिन् ।

यसको कारण चाहिँ उनले सैफ अलि खानसँग विवाह गरिसकेकाले हो कि भन्ने अनुमान गरिएको छ । तर, यसबारे अक्षय र करिनाले केही बताएका छैनन् ।





  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार २३:९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया