logo-img

सर्वोच्चमा धेरै चुनौती छ, एक जनालाई मात्र अन्याय भयो भने धेरै पोल्छ : न्यायाधीश भट्टराई

सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईले सर्वोच्च अदालतमा धेरै चुनौतीहरू रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पस प्रथम स्ववियु अभ्यास अदालत प्रतियोगिता २०८० फाइनल प्रतिस्पर्धा कार्यक्रममा न्यायाधीश भट्टराईले एक जनालाई मात्र अन्याय भयो भने पनि पोल्ने बताए । 

उनले भने, ‘सर्वोच्च अदालतमा धेरै चुनौती छ । तपाईँको आफ्नो कम्पिटेन्स हैन कि तपाईँले दिएको फैसला अन्तिम हुन्छ कदम कदाचित अन्याय पर्यो भने पोल्छ । एक जनालाई मात्र पनि अन्याय भयो भने धेरै नरमाइलो हुन्छ । व्यक्तिगत रुपमा नै हामीलाई नरमाइलो लाग्छ । यो चुनौतीपूर्ण छ र तपाईँले प्रतिस्पर्धा गर्ने कुरामा पनि चुनौती छ । ’

न्यायाधीश भट्टराईले आफूहरूले १० वर्षमा धेरै मुद्दा फछर्यौट गरेको बताए । परेको मुद्दा भन्दा करिब १९ सय बढी मुद्दा छिनेको उनको भनाइ थियो । 
 





  • प्रकाशित मिति : साउन १९, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया