७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

पहिलो लाइभ सोका लागि जावेद अली नेपालमा

चलचित्र ‘रकस्टार’ को ‘कौन फाया कौन’ चलचित्र ‘गजनी’ को ‘गुजारिश’ चलचित्र ‘रांझना’ को ‘तुम तक’ चलचित्र ‘बजरंगी भाईजान’ को ‘तु जो मिला’ लगायतका ५०० भन्दा धेरै हिन्दी गीतका प्लेब्याक गायक जावेद अली नेपाल आइपुगेका छन् । शुक्रबार प्रिभे नेपाल, द सोल्टी काठमाडौंमा आफ्नो प्रस्तुतिको लागि उनी काठमाडौं आइपुगेका हुन् । उनको नेपालमा हुने यो पहिलो प्रस्तुति हो ।

उस्ताद हमिद हुसेनका छोरा जावेद सानै उमेरदेखि लोकप्रिय कव्वाली गायनको वातावरणमा हुर्केका थिए । विभिन्न संगीत प्रतियोगिताहरूमा भाग लिएर, उनले आफ्नो गायन कलालाई अझै निखारे र अन्ततः उनी बलिउडमा जमे ।



लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको जावेद अली लाइभ इन नेपालका लागि उनी नेपाल आएका हुन् । आज शुक्रबार हुने उनको प्रस्तुति हेर्न माइपे डिजिटल वालेटबाट टिकेट लिन सकिने माइपेले जनाएको छ । संगित प्रेमिहरू उनको प्रस्तुति हेर्न उत्साहित देखिएका छन् । 





  • प्रकाशित मिति : १९ साउन, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया