७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

नेपाली भाषाले नै सबैलाई एक ठाउँ जोडेर राखेको छ : सुवासचन्द्र नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपाली भाषाले नै सबैलाई एक ठाउँ जोडेर राखेको बताएका छन् । समालोचक एवं साहित्यकार राजेन्द्र सुवेदीको ८१औँ जन्मजयन्तीको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष नेम्वाङले सबैलाई जोड्ने नेपाली भाषालाई उन्नत बनाउन राजेन्द्र सुवेदीको योगदानअमूल्य रहेको बताए । 

उनले सुवेदीले यो देशलाई परिवर्तन गर्नुपर्छ भन्ने सोच राखेको पनिचर्चा गरे । ‘यो देशकाविविधजातिभाषा धर्म संस्कृति र हिमाल तराई र पहाडका मानिसलाई नेपाली भाषाले एकैठाउँ जोडेर राखेर छ । त्यसैले त्यो नेपालीभाषालाई उन्नत बनाउन विकसित गर्न राजेन्द्र सुवेदीले महत्वपूर्ण काम गर्नु भएको छ,’ नेम्वाङले भने ‘बिर्सन नसकिने काम गर्नु भयो र भन्छु उहाँ त इलामी हो । उहाँ समाजलाई यो देशलाई परिवर्तन गर्नुपर्छ भन्ने सोच राख्ने बुद्धिजीवी हो । उहाँले इलाममा क्याम्पस प्रमुखमा खेलेको भूमिका अझै पनि क्याम्पसले सम्झिन्छ । उहाँ विनम्र र शिष्ट किसिमको राजेन्द्र सुवेदी हो । ’ 



कार्यक्रममा सुवेदीद्वारा लिखित ‘छानिएका भूमिका’ कृतिको सार्वजनिकीकरण गर्नुका साथै दृश्यबिम्बमा राजेन्द्र सुवेदी नामक वृत्तचित्रको सारांश पनि प्रदर्शन गरिएको थियो ।  
 





  • प्रकाशित मिति : १९ साउन, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया