भावना बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच रक गीत सार्वजनिक भएको हो ।
कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको कुनै सीमा नहुने र संगीत सदाबहार हुने बताए । उनले नेपालमा पनि गीतहरू पुस्तान्तरण हुँदै प्रभावकारी रुपमा प्रविधिको विकाससँगै अघि बढिरहेको बताए । उनले म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको बताए ।
पछिल्लो समय मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पुर्याउने काम पनि म्युजिक भिडियोबाट भइरहेको उनले बताए ।
उनले भने, ‘संगीतको कुनै सीमा हुँदैन । संगीत सदाबहार हुन्छ । त्यसको एउटा सुर हुन्छ, त्यसको लय, त्यसको समय, त्यसको हरेक कुराहरू संगीतको एउटा प्रभाव छुट्टै हुन्छ । हाम्रो देश नेपालमा नेपाली संगीतमा धेरै विधाहरु छन् । रक एण्ड र्याप पहिलाबाट नै सुरु भएका हुन् । पुस्तादेखि पुस्ता हुँदै जाने नै हो । नेपालमा पहिला पनि ब्याण्डहरु थिए । अहिले प्रविधिको विकासमा हामी छौँ । म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको छ । मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पुर्याउने काम गरेको छ ।’
अरमान तामाङको स्वर रहेको गीतमा विनोद ढकार र तामाङको शब्द र भिडियोमा अरमान तामाङ र रिया लामाको अभिनय छ । भिडियो सोनम पाख्रिनले निर्देशन गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।