७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

ग्ल्याम नेपाल इन्टरनेसनलको अडिसन काठमाडौंमा सम्पन्न

ग्ल्याम नेपाल इन्टरनेसनलको अडिसन काठमाडौंमा सम्पन्न भएको छ । प्रारम्भ प्रडक्सनको आयोजनामा काठमाडौंको कर्मा बारमा आयोजित ग्ल्याम नेपाल इन्टरनेसनलको अडिसन सम्पन्न भएको हो ।

अडिसनमा १ सय जना मोडलहरूले अडिसन दिएको आयोजक प्रारम्भ प्रडक्सनले जनाएको छ । ग्ल्याम नेपालका राष्ट्रिय निर्देशक पवन आचार्यले, पूर्वदेखि पश्चिमसम्म नेपालको  संस्कृति परम्परा र रितिरिवाजलाई विश्वव्यापी रूपमा फैलाउने उद्देश्यले ग्ल्याम नेपाल इन्टरनेसनल आयोजना गरिएको बताएका छन् । 



उनले, नेपाललाई फ्यासन डिजाइनका माध्यमबाट विश्वव्यापी रूपमा प्रवद्र्धन गर्नसमेत शोले मद्दत पुग्ने बताए । कार्यक्रममा पाँच जना डिजाइनरसहित उत्कृष्ट तीन जना मोडलहरूले नेपालको तर्फबाट अष्ट्रेलियामा हुने कार्यक्रममा प्रस्तुति दिनेछन् भने काठमाडौंमा हुने फिनालेमा १५ जना डिजाइनर सँगसँगै २४ जनाले सहभागिता जनाउने छन् । 

अडिसनको जजका रूपमा डिजाइनर मनिस राई, कोरियोग्राफर तथा मोडल सविता कार्की तथा समाजसेवी राहुल केसी रहेका थिए ।
 





  • प्रकाशित मिति : २० साउन, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया