म्युजिक भिडियो कलाकार संघको छैटौँ साधारणसभा सम्पन्न भएको छ । सभाले सम्झना बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको यसअघि अध्यक्षमा शंकर बिसी रहेका थिए ।
राजधानीमा आयोजित साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्र गौतम, उपाध्यक्षमा शिवन पोखरेल, महिला उपाध्यक्षमा मञ्जिता केसी, महासचिवमा सुनिल लामिछाने, सचिवमा विमल अधिकारी, महिला सचिवमा सारिका केसी, कोषाध्यक्षमा देवेन्द्र क्षत्री चुनिएका छन् ।
यस्तै, सदस्यमा काजिश श्रेष्ठ, विक्रम चौहान, ओबी रायमाझी, प्रवीण थापा, चक्र बम, उषा सुवेदी र सञ्चिता शाही छानिएका छन् ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, वरिष्ठ कलाकार तथा निर्देशक रवीन्द्र खड्का, वरिष्ठ गायक सीताराम पोखरेल, कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतको उपस्थिति थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।