सामाजिक अभियन्ता , हिप–हप गायक तथा प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठको पहलमा संगीत रोयल्टी संकलन समाज नेपाल, संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र सांस्कृतिक संस्थान जमलबीच रोयल्टी संकलनमा ऐतिहासिक सम्झौता भएको छ ।
प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेशचन्द्र अधिकारी र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा सांस्कृतिक संस्थान जमलका महाप्रबन्धक अशोककुमार राईबीचमा सांस्कृतिक संस्थान जमलमा गीत–संगीतका प्रयोग भएबापत रोयल्टी संकलनको सम्झौता भएको हो ।
त्यस्तै, विभिन्न विद्यालय, हस्पिटल, दोहोरी साँझहरूमा पनि सर्जकहरूको गीत संगीतको प्रयोग भएबापत रोयल्टी संकलनको सम्झौता भइसकेको छ । भदौदेखि हरेक कार्यक्रम आयोजकले हल बुक गर्नुअघि नै रोयल्टी तिरेर लाइसेन्स लिनुपर्छ ।
प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित प्रस्तोता समाज, रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपालले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत संगीतको सार्वजनिक प्रयोग भएबापत सिर्जित संगीत रोयल्टी संकलनको काम गरिरहेको छ ।
नेपालमा प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली २०६१ ले कलाकार तथा सर्जकको बौद्धिक सम्पत्तिको अधिकार रक्षाबारे व्याख्या गरेको छ । राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३ ले पनि यसबारे थप प्रस्ट्याएको छ ।
प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित प्रस्तोता समाज, रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपालले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत–संगीतको सार्वजनिक प्रयोग भएबापत सिर्जित संगीत रोयल्टी संकलनको काम गरिरहेका छन् ।
गीत–संगीतको रोयल्टीमा प्रस्तोता समाज, रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल गरी तीन वटा संस्थाले काम गरिरहेका छन् । तीनै संस्था प्रतिलिपि अधिकारसम्बन्धी रजिस्ट्रारको कार्यालयमा दर्ता छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।