नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरा महानगरका मेयर धनराज आचार्यसँग भेट वार्ता गरेका छन् ।
आचार्य नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरमा निर्वाचित भएका हुन् । पछिल्लो समय एकीकृत समाजवादीका विभिन्न तहका नेताहरु एमाले फर्कने क्रम तीव्र भएको छ ।
सोहीबेला महासचिव पोखरेल र मेयर आचार्यबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटपछि महासचिव पोखरेलले मेयर आचार्यको प्रशंसा गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
उनले लेखेका छन्– पोखरा महानगरका मेयर धनराज आचार्यसँग होटेल मझेरी पोखरामा धेरैपछि आकस्मिक भेट भो । अखिल आन्दोलनको योध्दासमेत रहेका मेयरसँग फेरि भेट्ने वाचा सहित...
पोखरेलको सो स्टाटसमा धेरैले ‘मेयर आचार्य एमाले फर्कन लागेको’ आशय व्यक्त गरेका छन् । यद्यपि, पदमा बहाल रहेकै बेला अर्को पार्टीमा गएको अवस्थामा आफू निर्वाचित भएको पार्टीले कारबाही गरेमा निर्वाचित पद स्वतः जान्छ । त्यसैले तत्काल उनी एमले फर्कने सम्भावना कम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।