logo-img

युवा स्टार दीपक सिंह पनि अस्ट्रेलिया पलायन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली युवा फुटबलर दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया पलायन भएका छन् ।

केही महिनाअघि सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी बने पनि त्यसपछि राष्ट्रिय टोलीमा पर्याप्त मौका नपाउँदा उनी अस्ट्रेलिया पलायन भएका हुन् ।

दीपक सातदोबाटो युथ क्लबबाट नेपालमा व्यावसायिक फुटबल खेल्दै आएका थिए । उनले नेपालमा भएको थ्री नेसन्स कपमा लाओसविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । 

भारतमा भएको साफ च्याम्पियनसिपको लागि टोलीमा परे पनि उनले मैदानमा उत्रने अवसर भने पाएनन् । आगामी अक्टोबरमा हुने विश्वकप छनोटका लागि घोषित प्रारम्भिक टोलीमा उनलाई समावेश गरिएको छैन । 

नेपालमा पर्याप्त प्रतियोगिता नहुनु, पारिश्रमिक न्यूनलगायत कारणले एक दर्जनभन्दा बढी नेपाली राष्ट्रिय फुटबलर अस्ट्रेलिया पलायन भइसकेका छन् । 





  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार ८:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया