एजेन्सी– अमेरिकाकाे बरमाेन्ट स्थित फेयर हेवन शहरमा एक बाख्रालाई मेयर बनाइएकाे छ । चुनाव मेयरका लागि उक्त बाख्राविरुद्ध १५ वटा अन्य जनावर उम्मेदवार थिए र अन्तिममा तीन बर्षकाे लिंकन नामकाे याे बाख्रा शहरकाे मेयर बन्याे । अब लिंकन शहरमा हुने कार्यक्रममा चिफ गेस्ट भएर जाने र कार्यक्रमकाे उद्घाटन गर्नेछ ।
२ लाख ५० हजार जनसंख्या भएकाे याे शहरमा भएकाे मेयरकाे चुनावमा उम्मेदवार भएका १५ जनावरमध्ये अन्तिममा लिंकन र सेमी नामकाे कुकुरबीच प्रतिस्पर्धा भएकाे थियाे ।
Congraaaats to Lincoln, the new pet mayor of Fair Haven! It’s a big job, no kidding, but you goat this. #vtpoli 🐐 https://t.co/45tlzPuOyB
— Rep. Peter Welch (@PeterWelch) March 7, 2019
फेयर हेवनमा मेयर बाख्रा भएका कारण प्रबन्धक जोसेफ गन्टरले प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्छन् । तर सबै ठूला इभेन्ट्समा लिंकनको उपस्थिति आवश्यक छ । मेयर पदमा एक वर्ष बसेपछि मेमोरियल डे परेडमा पनि यही बाख्रालाई नै प्रमुख अतिथि बनाइन्छ । बाँकी अधिकारी उसँग स्टेजमा सहभागीमात्रै हुनेछन् ।
किन बाख्रालाई मेयर बनाइयो ?
गन्टरका अनुसार एक जनावरलाई शहरको मेयर बनाउने आइडिया उनलाई मिसिगन राज्यले दिएको थियो । जहाँ अधिकारीहरु चन्दा जुटाउन जनावरलाई अधिकारीको पद दिइरहेका थिए । यसमा गन्टरले पनि जनावरको लोकप्रियता चन्दा जुटाउन प्रयोग गर्ने फैसला गरे ।
उनले अहिलेसम्म बच्चाको खेलमैदान बनाउन १०० डलर चन्दा जुटाइसकेका छन् । गन्टरका अनुसार उनले केही समयपछि आफ्नो योजना र उद्देश्य सबैको अगाडि लैजाने र सबै शहरबासीलाई सामाजिक कार्यका लागि एकजुट गराउनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।