७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

गौर हत्याकाण्ड सुनियोजित ढंगले मच्चाएको नृशंस आतंक : बाबुराम भट्टराई

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्ताको अंकगणितभन्दा माथि उठेर गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले सो विषय उठान गरेका हुन् । 

सो हत्याकाण्ड हत्याकाण्ड कुनै राज्यविरुद्धको विद्रोहको क्रममा नघटेको भन्दै उनले शान्तिप्रक्रियासँग जोडिएको घटना पनि नभएको बताएका छन् । 



उनले सो हत्याकाण्ड मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुनियोजित ढंगले मच्चाएको ‘नृशंस आतंक र हत्याकाण्ड’को संज्ञा दिएका छन् । 

शान्तिप्रक्रिया र संविधान निर्माणको विशिष्ट कालखण्डमा चाहेर पनि यसबारे केही गर्न नसकेकोमा उनले आत्मालोचनासमेत गरेका छन् । 



सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहने अपेक्षा गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले एक दिन सत्य र न्यायको जित अवश्य हुने विश्वास व्यक्त गरेका छन् ।

उनले लेखेका छन्– गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसवारे पीडित आन्दोलवकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न। 

स्मरण रहोस् यो वीभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासँग जोडिएको घटना हैन ! यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुनियोजित ढंगले मच्चाएको नृशंस आतंक र हत्याकाण्ड थियो।

तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुँडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला ? भविष्यले बताउनेछ।



शान्तिप्रक्रिया र संविधान निर्माणको विशिष्ट कालखण्डमा हामीले चाहेर पनि यसबारे केही गर्न नसकेकोमा आत्मालोचित छौँ।

सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस् ! सत्य र न्यायको जित एक दिन अवश्य हुनेछ !

  • प्रकाशित मिति : २३ साउन, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया