१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने

वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सर्भर अवरुद्ध रहेको छ । 


सर्भरको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अरुद्ध नै रहने विभागले बताएको हो । एफइआइएमएस प्रणालीमा फाइनल अपलोड नहुदाँ अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरुलाई समस्या भएको छ । तर यता वैदेशिक रोजगारी विभागका महानिर्देशक मदन दाहालले अवरुद्ध भएको अनलाइन सेवा खुल्न अझै तीन दिन लाग्ने बताए । 



उनले बुधबार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरूसँगको छलफल कार्यक्रम बोल्दै सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा सुचारु हुन अझै तीन दिन लाग्न सक्ने बताएका हुन् । उनले वैदेशिक रोजगारी सम्बन्धि सेवा सहज बनाउने काममा सिस्टम बाधक भएको बताए । 

उनले सरकार सर्भिस दिने काम धेरै अगाडि गएपनि सर्भर २०६४ सालको नै भएकाले समस्या आएको बताए । उनले अनलाइन सेवा ७५३ स्थानीय तहमा पुगे पनि जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्न नसकिएको बताए । दाहालले नयाँनयाँ प्रविधि र सर्भिसहरू दिइरहेकाले त्यही अनुसारको प्रविधिलाई समयअनुकुल स्तरोन्नती गर्न नसकिएको बताए । उनले सर्भर स्तरोन्नती गर्नको लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैया छुट्याएकाले चाँडै काम थालनी गर्ने बताए । 





  • प्रकाशित मिति : २४ साउन, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया