इथियोपियन एयरको विमान दुर्घटना : सवार सबैकाे मृत्यु

इथियोपिया– राजधानी अद्दिस अबाबाबाट केन्याको नैरोबीतर्फ उडेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७ विमान दुर्घटना हुँदा विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ । इथियोपियन स्टेट ब्रोडकास्टरका अनुसार विमानमा रहेका १५७ जनामध्ये कोही पनि बाँच्न सकेनन् । 

इथियाेपियाकाे राजधानीबाट उडान भरेकाे केही समयमा नै विमान क्र्यास भएकाे थियाे ।

यसअघि, इथियाेपियाका प्रधानमन्त्री अबिनी अहमेदले दुर्घटनाबारे ट्विट गर्दै जानकारी दिएका थिए । उनले विमान दुर्घटनामा निधन भएका परिवारलाई समवेदना लेख्दै ट्विट गरेका थिए ।

दुर्घटना स्थानीय समयअनुसार बिहान ८ बजेर ४४ मिनेट भएकाे हाे । एयरलाइनका अनुसार दुर्घटना  बिसाेफ्तु सहरनजिक भएकाे हाे । याे एयरलाइनले दक्षिण अफ्रिकाका धेरै देशमा उडान गर्छ ।





  • प्रकाशित मिति : फागुन २६, २०७५ आइतबार १७:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया