जनकपुरबाट निधिको प्रश्न– सिके राउत छुट्दै छन् भन्ने सरकारलाई कसरी थाहा भयो ?

जनकपुर– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विखण्डनको अभियान त्यागेर सिके राउत शान्तिपूर्ण राजनीतिमा आउनु सकारात्मक भए पनि उनीसँगको सम्झौता कति इमान्दारितापूर्वक भएको हो, परीक्षण गर्नुपर्ने बताएका छन् । 

गृहनगर जनकपुर आइपुगेका निधिले राजधानी फर्कनुअघि आज सञ्चारकर्मीसँग कुरा गर्दै सम्झौता गर्नेले के–का लागि र कसरी गरेको हो, देश र जनतालाई जानकारी गराउनुपर्ने बताए । 

राउत जेलबाट छुटेको भोलिपल्टै सरकारसँग उनको सहमति हुनुलाई निधि रहस्यमय मान्छन् । ‘पाँच महिनासम्म उनी जेलमा थिए। तर, जेलबाट छुटेलगत्तै, त्यसको भोलिपल्टै सरकारसँग सम्झौता हुनु आफैँमा रहस्यमय हो,’ उपसभापति निधिले प्रश्न गरे, ‘अदालतबाट राउत छुट्दै छन् भन्ने कुरा सरकारलाई कसरी जानकारी भयो ?’ 

यदि जानकारी भएरै भित्रबाट काम भइरहेको थियो भने यसबाट शक्तिपृथकीरणको सिद्धान्तविपरीत अदालत सरकारको प्रभावमा छ वा सरकार अदालतको प्रभावमा छ भन्ने प्रस्ट हुने उनले बताए । 





  • प्रकाशित मिति : फागुन २६, २०७५ आइतबार १८:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया