नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको प्राथमिकता सरकार नभएको बताएका छन् । आइतबार समसामयिक राजनीतिबारे एमालेको धारणा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन उनले तत्काल एमालेको चाहना सरकारमा जाने नरहेको बताएका हुन् ।
ओलीले सुन तस्करी प्रकरणको हल्ला चलाएर सरकारका जाने एमालेको कुनै उद्देश्य नरहेको पनि स्पष्ट पारे ।
‘सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा त जान खोजेको होइन भन्नेखालका कुराहरू पनि आउन सक्छन् । तर, नेकपा एमालेलाई सरकारमा रुचि होइन, चिन्ता सरकारको होइन, चिन्ता देशको हो । चिन्ता देशको अर्थतन्त्रको हो,’ ओलीले भने, ‘आज निर्माण व्यवसायीहरू गिरफ्तार गरिन्छ । उनीहरूका भनाइ कसैले सुन्दैन । किनभने निर्माण व्यवसायीहरू सडकमा आउनुपर्ने अवस्था सरकारले बनाएको हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।