नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक क्विन्टल किलो सुन काण्ड चुस्की लिने विषय नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूले संसद चलाउन खोजिरहेको बेलामा सत्ता पक्ष सबै उठेर होहल्ला गर्ने बोल्न नदिने प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार काण्डबारे थाहा हुन्छ भन्ने भय भएको बताए ।
‘हामी संसद चलाउन खोहिरेका छौँ तर प्रतिपक्ष बोल्न खोज्नेबित्तिकै सत्ता पक्ष सबै उठेर होहल्ला गर्ने बोल्न नदिने प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार काण्डको, देश यस्तो भयावह ढंगले देशमाथि प्रहार भइरहेको छ । एउटा नाकाबाट दिनमा १०० किलो सुन बाहिर आइरहेको छ सबै पास भएको छ । अनि के यो चुस्की लिने विषय हो ?,’ ओलीले प्रश्न गरे ।
संसद अवरोध एमालेले नगरेको र त्यस्तो अवस्था सिर्जना गर्न नहुने उनको भनाइ छ । संसद निदाएर बस्न नहुने उल्लेख गर्दै उनले देश र जनताको पक्षमा बोल्नुपर्ने बताए ।
देश र जनताको लागि बोलेको कुरालाई सरकारले सकारात्मक ढंगले लिनुपर्ने पनि उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।