२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

प्रधानमन्त्री दाहालले राजीनामा दिँदा नै राम्रो : ओली
‘पूर्वराष्ट्रपति भण्डारीलाई एमाले नेताहरूले भेट्नु सामान्य’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार र अनैतिकताको चाङमाथि बसेका प्रधानमन्त्री स्वयंलाई सत्ताको नेतृत्व गर्न लाजमर्दो हुनुपर्ने बताएका छन् । 


आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री आफैंले पनि राजीनामा गर्न उचित हुने सुझाव दिए ।



‘प्रधानमन्त्री पनि यति अयोग्य, नालायक र भ्रष्टाचारको चाङमाथि म नेतृत्व गर्छु भन्न अपठ्यारो लाग्नुपर्ने हो । उहाँले आफैं राजीनामा गर्नुपर्ने हो । गृह मन्त्री र अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘आश्चर्यको विषय हो यो । त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो यो यो जिम्मेवारी बिलकुल वहन नगरेर फेरि पनि मन्त्री भएर राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अप्ठ्यारो लाग्दैन ?’ 



उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका नेताहरूले भेट्नु सामान्य भएको समेत बताए । ‘हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि । विष्णु पौडेलजीले मात्र होइन, मैले पनि कुरा गरेको छु, अरूले पनि कुरा गर्नु भएको छ । यस्तो विषयलाई कार्ड छपाएर लिएर जानु भयो रे त, पार्टीमा आइदिनुपर्‍यो भनेर निम्ता गर्नुभयो भन्ने यो खालको प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ,’ ओलीले भने ।




  • प्रकाशित मिति : २८ साउन, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया