logo-img

प्रतिपक्षले सत्तामा नहुँदाको अवस्था स्वीकार्न नसकेको अर्थमन्त्री महतको आरोप

अर्थमन्त्री प्रकाशशरण महतले, प्रतिपक्षले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । आइतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिपक्षले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको आरोप लगाएका हुन् । 

उनले भने, ‘सत्तामा नहुने बित्तिकै यो किसिमको सोच राख्नु भएन लोकतन्त्रमा सबै सधैँ सत्तामा रहिरहदैन् । कहिले भइन्छ कहिले हुँदैन। त्यसलाई त स्वीकार गर्नु पर्‍यो नि । त्यसैलाई स्वीकार गर्न नसकेको जस्तो हामीलाई महसुस भएको छ ।’

सरकार कुनै पनि हालतमा कसैप्रति पूर्वाग्रही नहुने उनको भनाई छ । उनी भन्छन्, ‘सरकार पूर्वाग्रही हुँदैन । हुनु पनि हुँदैन । प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन। देश र जनतामाथि बफादार भएर काम गर्नुपर्छ । कुनै पनि संरचनाले त्यो ढंगबाट प्रस्तुत हुनु हुँदैन । अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नुपर्छ । को–को संलग्न छन् र जो दोषी छन् ती सबैलाई कानुनी कठघरामा आउनुपर्छ ।’

उनले एमालेले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । 





  • प्रकाशित मिति : साउन २८, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया